के हो मेनिया र साइकोपाथ ?
धेरै मानिसको बुझाइमा मानसिक समस्या भनेको मानसिक सन्तुलन बिग्रेको र डिप्रेसन हो । तर चिकित्सा विज्ञानका अनुसार, मनोरोग विधामा सयौं प्रकारका मानसिक रोग हुन्छन् । जसरी शारीरिक रोग वंशाणुगत, शरीरमा उत्पन्न, सर्ने, नसर्ने आदि विभिन्न हुन्छन्, मानसिक रोग पनि त्यसैगरी धेरै प्रकारका हुन्छन् । शारीरिक रोगहरु अलिअलि लाग्ने, बेसरी लाग्ने, निको हुने, निको नहुने, कुनै चिकित्सकले रोग मान्ने, अर्कोले रोग नमान्ने स्तरका हुन्छन् । मानसिक रोग पनि त्यस्तै नै हुन्छन् ।
धेरै मानिसहरुले सुनेको बुझेको
डिप्रेसन भएका मानिसले आफूलाई क्षति पुर्याउँछ । यसको ठीक विपरीत मेनिया भन्ने
मानसिक रोग हुन्छ । यो रोग लागेको मानिसले अरुको क्षति पुर्याउँछ । डिप्रेस्ड
मानिसले आफूतर्फ थोरै मात्र क्षति पुर्याउन सक्छ । तर मेनियाकाले अरुतर्फ धेरै
क्षति पुर्याउन सक्छ ।
मेनियाक व्यक्ति जुन हैसियत, शारीरिक
बल र पदमा रहेको छ, त्यही अनुसार उसले समाजको क्षति पुर्याउन
सक्छ । परिवारको डन, टोलको डन, क्षेत्रीय गुण्डा
र राष्ट्रिय गुण्डासम्मको हैसियतमा यस्ता मानिस हुन सक्छन् । उच्च पदमा मेनियाक
व्यक्ति छन् भने उनीहरुले धेरै नै क्षति पुर्याउन सक्छन् । एउटा समूहका रोगमा
मानिसहरुलाई अनावश्यक डर र चिन्ता बढी हुन्छ । जे गर्दा पनि गल्ती हुने हो कि, बिग्रने
हो कि, अर्कोले गाली गर्ने हो कि, लज्जित हुनुपर्ने
हो कि, सजाय भोग्नुपर्ने हो कि भन्ने डर हुन्छ । त्यस विपरीत उच्च
मनोबल, महत्वकांक्षा, निडरता, आँट र
साहस मात्र हुने अर्को रोग हुन्छ । उनीहरु जहिले पनि खुसी, सकारात्मक
सोच र आशावादी मात्र हुन्छन् । आफूले गर्न लागेको काम सबै सही छन् र त्यसमा सफलता
पाउँछु भन्नेमा उनीहरु ढुक्क हुन्छन् । विफल भयो भने पनि त्यहाँ उनीहरुले अरुको
दोष देख्छन् ।
कुनै व्यक्तिको स्वभाव कुनै मानसिक
रोगको वर्गमा पर्छ या पर्दैन भन्ने मनोविश्लेषकहरुले विधिपूर्वक जाँच गरेपछि मात्र
थाहा हुने कुरा हो ।
कसैलाई नराम्रो काम गर्नबाट रोक्न
कानुन, विधि र कारबाही गर्ने संगठनहरु निर्माण गरिन्छ । इमान्दार र
नैतिकवान मानिसले कुनै कानुन र सजायको व्यवस्था नभए पनि खराब काम गर्दैन । सामान्य
मानिसले केही गरी लुकाउन सकिएन भने बेइज्जत हुन्छ र सजाय पाइन्छ भन्ने डरको कारण
नराम्रो काम गर्दैन । तर मेनियाकहरुमा त्यो डर हुँदैन । सामान्य मानिसमा यसरी
जोगिन सकिन्छ तर यसरी फस्न पनि सकिन्छ भन्ने सकारात्मक र नकारात्मक दुवै सोच आउँछ
। मेनियाकमा भने सकारात्मक मात्र सोच आउँछ ।
मानसिक रोगहरुमा साइकोपाथ
भन्ने अर्को समस्या हुन्छ । यो रोग लागेका मानिसहरु जस्तो सुकै जोखिम उठाउन पनि
तयार हुन्छन् । आफ्नो इच्छा, चाहना पूरा गर्न उनीहरु जे गर्न
पनि निडर हुन्छन् । पैसा, मनोरञ्जन र आत्मसन्तुष्टिका लागि उनीहरु
अपराध पनि सहजै गर्छन् । यस्ता व्यक्तिले अपराध गर्ने भएकाले उपचार केन्द्र, सुधार
गृह, जेल वा उनीहरुका गतिविधिलाई नियन्त्रित गर्ने र निगरानी
गर्ने प्रणालीहरु विकास भएका हुन् । प्रहरीले पक्राउ गरे पनि आफूले गरेका घटनामा पश्चाताप
हुँदैन । उनीहरुमा पीडितप्रति दया, माया र सहानुभूति
हुँदैन ।
झुट बोलेको जाँच गर्ने पोलिग्राफ
मेसिनलाई साइकोपाथ मानिसले सहजै छल्न सक्छन् । सामान्य मानिस झुट बोल्दा केही न
केही डराउँछ र मेसिनले पत्ता लगाउँछ । तर साइकोपाथहरुलाई डर भन्ने हुँदै हुँदैन ।
सजाय पाए पनि साइकोपाथले केही चिन्ता मान्दैनन् । उनीहरु जेलबाट छिटै मुक्त हुन
सकिन्छ र चाहेको कुरा पुनः गर्न सकिन्छ भन्नेमा आशावादी मात्र हुन्छन् ।
मानिसको मनको बारेमा सिगमण्ड
फ्रायडले प्रतिपादन गरेको सिद्धान्तलाई मूल आधार मानेर अहिलेसम्म विश्वमा
रिसर्च र उपचारहरु हुने गरेका छन् । उनले मनलाई चेतन र अवचेतनमा विभाजन गरेका छन्
। दुई मन बीचको अवस्थालाई अर्ध चेतन मन भनेका छन् । अवचेतन मनमा एउटा राक्षसी मन र
अर्को दैवी मन लुकेर बसेको हुन्छ । हरेक घटनामा दुवै मनले आफूलाई हावी गराउन
खोज्छन् । चेतन मनले सन्तुलन कायम गराउने प्रयास गर्छ ।
राक्षसी मनले जित्यो भने मानिसले
राक्षसी स्वभाव प्रदर्शन गर्छ । त्यस्तो मानिसले अपराध, कुकर्म
गर्छ, अरुलाई हेप्छ, आफूलाई
सर्वेसर्वा ठान्छ । दैवी मनले जित्यो भने मानिस एकदमै नैतिकवान र इमान्दार हुन्छ ।
उसलाई सबैले हेप्छन् र शोषण गर्छन् । यो ठ्याक्कै सन्तुलित अवस्थामा रह्यो भने
मानिसको स्वभाव सामान्य स्तरको हुन्छ । अधिकांश मानिसको हकमा यो न पूर्ण सन्तुलित
हुन्छ, न पूर्ण रुपले कतैतिर ढल्केको हुन्छ । मानिसहरुमध्ये कोही
तुलनात्मक बढी इमान्दार सोझो देखिनु र कोही धूर्त फटाहा देखिनुको कारण यही हो ।
ठूलो पदमा बसेको कुनै मानिस
मेनियाक हुँदैमा समाजलाई क्षति पुग्छ नै भन्ने हुँदैन । उसँग आवश्यक कुराको ज्ञान
र जानकारी छ भने उसमा भएको तीव्र इच्छाशक्ति, आत्मबल र साहसले
देशलाई फाइदा नै हुन्छ । उसमा आवश्यक ज्ञान र जानकारीको अभाव छ भने हानिकारक हुन
सक्छ । मेनियाक व्यक्तिमा साइकोपाथ समेत छ र ऊ ठूलो पदमा आसिन छ भने त्यसको क्षति
अकल्पनीय हुन्छ । दुवै समस्या भएका मानिस संसारमा करोडौं आए र गए होलान् । त्यसबाट
समाजलाई ठूलो क्षति भएन । केही भने राज्यको प्रमुख पदमा पुगेर राष्ट्रिय र
अन्तर्राष्ट्रिय स्तरमै नरसंहार र वितण्डा मच्चाएर गएका इतिहास छन् ।
दोस्रो पक्षलाई क्षति पुर्याउने
अरु विभिन्न प्रकारका पर्सनालिटी डिसअर्डर रोगहरु पनि हुन्छन् । मानसिक रोगीलाई
सम्झाएर, गाली गरेर वा डर देखाएर निको हुँदैन । कतिपय रोग सम्बन्धित
विज्ञहरुबाट औषधी, परामर्श र थेरापीमार्फत समाधान हुन्छन्
भने कतिपय समाधान हुँदैनन् । समाधान नहुनेको लागि सम्भावित क्षति कम गर्ने
टेक्निकहरु मात्र अवलम्वन गरिन्छ । रोगीको काम जिम्मेवारी परिवर्तन गरेर पनि क्षति
कम गर्न सकिने हुन्छ । सामान्यतयाः स्वभावजन्य रोगलाई निर्मूल नभई व्यवस्थापन
मात्र गर्न सकिने विज्ञहरु बताउँछन् ।(-एजेन्सी)
Leave a Comment