सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (Thoughts For Superb Living)


परिचय

सकारात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको विवेकशील तथा आत्मसंयमित व्यक्तिनिर्माण गरी सुन्दर, शान्त, समृद्ध तथा सभ्य समाजनिर्माणमा सहयोग पुर्याउने अभीष्टका साथ नेपालका समाजसेवा, पशुअधिकार, संस्कृति तथा सम्पदा संरक्षणको क्षेत्रमा लब्ध प्रतिष्ठित तथा समर्पित कर्मयोगी डा. गोविन्द टण्डनज्यूको सक्रियतामा संस्था दर्ता ऐन २०३४ अनुसार स्थापना भएको विशुद्ध सामाजिक संस्था हो सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन ।

दृष्टिकोण तथा अभीष्ट 

मानिसको जीवन अमूल्य छ । हरेक मानिसमा दैवी गुण र आसुरी गुणहरू छन् । दैवी गुणहरूलाई चिनेर त्यसलाई उजागर गर्ने तथा व्यवहारमा उतार्ने प्रयत्न गर्यौं भने जीवन सफल र राम्रो मात्र हुने नभई असल एवं सर्वोत्कृष्ट बन्दछ । "बाँच र बाँच्न देऊ", "सादा जीवन उच्च विचार", "जस्तो आहार-विहार उस्तै विचार" भन्ने धारणालाई जनमानसमा पुर्याउने,

डा. गोविन्द टण्डन, संस्थापक अध्यक्ष

जीवनको समग्र पक्षलाई सकारात्मक रूपबाट हेरी सफल, ठूलो, राम्रो मात्रले पुग्दैन पूर्णरूपले असल बन्नुपर्छ भन्ने चिन्तन नै साँचो जीवननिर्माण अभियान हो । संसारमा चारैतर्फ असल व्यक्तिहरूको खाँचो छ। यदि असल नेता भइदिएका भए सामान्य जनताले राननीतिको नाममा दु:ख पाउने थिएनन् । असल इञ्जिनियर, असल डाक्टर, असल प्रशासक, असल सुरक्षाकर्मी, असल वकिल, असल न्यायाधीश, साँचो न्याय, असल जनताहरू भइदिएको भए आजको विश्वपरिस्थिति अर्कै हुन्थ्यो ।



No comments

Powered by Blogger.