ईलेक्ट्रोनिक साधन बढि प्रयोगले आखाँमा कस्ता समस्या आउछन् त ?

आँखा हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्व रहेको छ ।
आँखामा विभिन्न खाले समस्याहरु देखापर्छन् । पछिल्लो समय ईलेक्ट्रोनिक साधनको बढि प्रयोगले पनि आँखामा समस्या देखा पर्ने गरेको छ ।
बिशेष गरेर बालबालिकाहरुको लागी झन् अति आवश्यक जस्तै भैसकेको छ । यस्ता ईलेक्ट्रोनिक साधन बढि प्रयोगले आखाँमा कस्ता समस्या आउछन् त ?
आखाँ मानिसको सबैभन्दा महत्वपुर्ण र सम्बेदनसील अंग हो । जन्म देखि मृत्यु पर्यन्त आखाँको महत्व उत्तिकै रहन्छ ।
तर पछिल्लो समय अभिभावकको व्यस्तता र भुलाउने वाहानामा बालबालिकालाई विद्युतीय सामग्री खेलाउनका रुपमा खेलाउन दिने चलन बढेको छ ।
मोवाईल, भिडियो गेम, ट्याव कम्युटर जस्ता विद्युतीय सामग्री बालबालिकालाई खेल्नका लागि दिदाँ आँखामा समस्या देखा पर्छ लायन्स आँखा अस्पताल बानेश्वरका डाक्टर रमेश प्रधान बताउनुहुन्छ ।
बच्चाहरू ४/५ वर्षको हुनेबित्तिकै आँखा जाचँ गर्नुपर्छ भने उनीहरुको स्याहार गर्दा आँखाको विशेष ख्याल गर्नुपर्छ । नेपालको कुल जनसंख्याको ० दशमलव ३५ प्रतिशत मानिसमा अन्धोपन छ ।
जसमध्ये ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालको छ । मोतिविन्दु, आँखाको पर्दा जन्य रोगहरु, जलविन्दु, आँखाको नानीमा हुने अन्धोपना र दृष्टिदोषका कारण अन्धोपन हुने गर्दछ ।
बालबालिकाहरुले खेलाउनका रुपमा प्रयोग गर्ने विद्युतीय सामग्रीले आँखाको समस्या झन बल्झाउने चिकित्सकहरु बताउछन् ।
आखाँको समस्याबाट जोगाउन परिवारले बिशेष ख्याल राख्नुपर्ने र यस्ता साधनको सट्टा कितावी ज्ञानमा बढि केन्द्रित बनाउन नेत्र तथा पर्दा रोग बिशेषज्ञ डाक्टर रबा थापाको सुझाव छ ।

विश्वमा हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये चारजनाको उपचार र रोकथाम सम्भव भएकाले रहेक ६–६ महिनामा आँखा जचाउनुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।
नेपालमा पनि अनुमानित ४ प्रतिशत मानिसलाई दृष्टिदोषको समस्या रहेको छ । हरेक वर्ष नेपालमा अनुमानित ३० प्रतिशत मानिसलाई आँखा जाँच गर्नुपर्ने देखिएको विभिन्न अध्ययनले देखाएको छ ।
आँखाका बाहेक अन्य रोगले पनि आखाँको दृष्टी कमजोर बनाउन सक्छ । सुगर, प्रेसर जस्ता रोगहरु भएका ब्यक्तिहरुको आँखा कमजोर हुनसक्छ ।
आँखा स्वस्थ राख्न नियमित चेकजाच गर्नुपर्ने बताउछीन् । डाक्टर थापा
आखाँ कमजोर हुनबाट बच्न हरियो साग पातको सेवन गर्ने, मोबाईल, ल्यापटप, कम्प्युटर लगायत विद्युतीय साधन सकेसम्म कम प्रयोग गर्न दिने, समय समयमा आखाँ जाचँ गराउने गर्नुपर्दछ ।
पछिल्लो समय सञ्चार जगतमा भएको विकासबाट मानिस अछुतो रहन त सक्दैन् तैपनि यसको सहि र व्यवस्थित प्रयोग गर्नसक्नु मुख्य चुनौती बनेको छ ।
साभार :The News Nepal

No comments

Powered by Blogger.