एक नगर एक निर्वाचन क्षेत्र

निर्वाचन क्षेत्र निर्धारण आयोगद्धारा निर्धारित प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत केही जिल्लाहरुमा एक नगर एक प्रदेशसभा निर्वाचन क्षेत्र परेका छन् । यस्ता जिल्लाहरुमा उदयपुर, सिराहा र भक्तपुर हुन् । प्रदेश नं. १ अन्तर्गत १४ जिल्ला, २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जस अन्तर्गत उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा त्रियुगा नगरपालिका एक नगर एक निर्वाचन क्षेत्र रहेको छ । त्यस्तै प्रदेश नं. २ अन्तर्गत ८ जिल्ला, ३२ प्रतिनिधिसभा र ६४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जस अन्तर्गत सिराहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा सिराहा नगरपालिका एक नगर एक निर्वाचन क्षेत्र रहेको छ । त्यसै गरि प्रदेश नं. ३ अन्तर्गत १३ जिल्ला, ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जस अन्तर्गत भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्रमा दुई नगरपालिका एक नगर एक निर्वाचन क्षेत्र रहेको छ । जसमा प्रदेशसभा १ मा सूर्यविनायक नगरपालिका र प्रदेशसभा २ मा मध्यपुर ठिमी नगरपालिका पर्दछन् ।

No comments

Powered by Blogger.